नेता तीर्थराम डंगोलको मृत्यु, नेपाली कांग्रेसद्वारा गहिरो दुःख व्यक्त
२०८२ बैशाख १३ शनिबार
- विगत लामो समयदेखि प्रोस्टेट क्यान्सर, मधुमेहबाट पीडित डंगोलको निधनप्रति नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ ।
काठमाडौं : नेपाली कांग्रेसका पूर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको शुक्रबार राति ७७ वर्षको उमेरमा मृत्यु भएको छ । डंगोलको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।
विगत लामो समयदेखि प्रोस्टेट क्यान्सर, मधुमेहबाट पीडित डंगोलको निधनप्रति नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ ।
कांग्रेसले डंगोलको पार्थिव शरीरलाई आज (वैशाख १३) गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखेको छ । अपरान्ह २ बजे काठमाडौंको टेकू दोभानमा दाहसंस्कार गरिने कार्यक्रम रहेको छ ।
उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै भनेका छन्, ‘नेपाली कांग्रेस काठमाडौंका पूर्व सभापति, पूर्व स्वास्थ्य राज्यमन्त्री, नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा, सरल र शालिन व्यक्तित्व तीर्थराम डंगोलको निधनको खबरले मलाई अत्यन्त दुःखीत र मर्माहत बनाएको छ । स्वर्गीय डंगोलले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा निर्वाह गर्नु भएको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहनेछ । उहाँप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’
नेपाल विद्यार्थी संघका संस्थापक सदस्य समेत रहेका स्वर्गीय डंगोल वि.सं. २०४३ मा काठमाडौं नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएका थिए । स्वर्गीय डंगोल २०५६ को आमनिर्वाचनमा काठमाडौं क्षेत्र नं. ७ बाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित र २०६४ मा संविधान सभाको सदस्य भए । निरंकुश राजतन्त्रको अन्त्य र लोकतन्त्र वहालीका लागि भएको ऐतिहासिक जनआन्दोलन २०६२÷०६३ मा काठमाडौं जिल्लाका सभापतिको हैसियतले काठमाडौं जिल्लाबाट उनले जनआन्दोलनको नेतृत्व गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।